दफा १४
निर्धारित करमा छूट हुने

कुनै करदाताले यस ऐनबमोजिम निर्धारित भएको सबै कर रकम दफा १२ को उपदफा (१) बमोजिमको म्यादभित्र चुक्ता गरेमा त्यस्ता करदातालाई निर्धारित करको पाँच प्रतिशत छूट दिइनेछ ।